त्रिवि क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा नियन्त्रणमा लिइयो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

त्रिवि क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा नियन्त्रणमा लिइयो


१० बैशाख २०८०, आइतबार


काठमाडौं । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर आइतबार बिहान नियन्त्रणमा लिइएको हो।

गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत आक्रमण गरेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो ।

करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाएपछि वन्यजन्तु सम्बद्ध निकायबाट पासो ल्याएर राखिएको त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य ज्ञानेन्द्र राईले बताए ।

पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जनसमेतको रोहवरमा बुझाइने जानकारी पनि प्राचार्य राईले दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस