विप्लवद्वारा आयोजित कार्यक्रममा एमालेबाहेकका कम्युनिस्ट पार्टी सहभागी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लवद्वारा आयोजित कार्यक्रममा एमालेबाहेकका कम्युनिस्ट पार्टी सहभागी 


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा एमालेबाहेक अरु कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी भएका छन् । 

नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत उक्त कार्यक्रममा सहभागी भएका थिए । 

नेकपा एमालेका नेताहरू भने उक्त कार्यक्रममा सहभागी भएनन् ।

महासचिव विप्लवले वर्तमान राज्य व्यवस्था असफल भइसकेको दाबी गरे । देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहस सुरु गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिस्ट पार्टीहरूसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको बताए ।

महासचिव विप्लवले नेपालमा वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधीन बनाउने कामको सुरुवात काँग्रेसले गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस