भारत जाने क्रममा तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारत जाने क्रममा तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । दार्चुलाको ब्यास गाउँपालिका-२ स्थित दुम्लिङ नजिकै तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । 

तल्ला दुम्लिङका स्थानीय सिङ्दल सिंह भण्डारी नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएको ब्यास गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

वडाध्यक्ष बुढाथोकीका अनुसार सिङ्दल सिंह भण्डारी साढे १ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित नेपाल–भारत जोड्ने तुइनबाट खसेर बेपत्ता भएको उनले बताए । बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयहरुले खोजी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस