मधेसका लागि लड्ने सच्चा नेता भन्दै देउवाले गरे उपेन्द्र तारिफ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मधेसका लागि लड्ने सच्चा नेता भन्दै देउवाले गरे उपेन्द्र तारिफ


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको अधिकारका लागि लड्ने सच्चा नेता भएको दाबी गरेका छन् । 

बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यादव मधेसको लागि लड्ने नेता भन्दै तारिफ समेत गरे ।  

आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषदमा बसेर काम गरेको र यादवले सधैँ मधेसको अधिकारका लागि आफूसँग झगडा गरेको देउवाको भनाई छ । 

उनले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गर्दै पाँचवर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उनले आग्रह गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस