पाल्पा दरबार क्षेत्रका संरचना नभत्काउन उच्च अदालतको आदेश « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पाल्पा दरबार क्षेत्रका संरचना नभत्काउन उच्च अदालतको आदेश


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । पाल्पाको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकिएको छ । उच्च अदालत तुलसीपुर पाल्पा दरबार क्षेत्रका संरचना नभत्काउन आदेश जारी गरेसँगै तानसेन नगरपालिकाले बुधवारबाट सुरु गरेको भत्काउने कार्य स्थगित भएको हो । 

पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो । 

दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजनाका साथ अगाडी बढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालको लागि संरचना भत्काउने काम रोकिएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस