अब नेपालमा रहेका शरणार्थीहरूको व्यक्तिगत घटना दर्ता गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब नेपालमा रहेका शरणार्थीहरूको व्यक्तिगत घटना दर्ता गरिने


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता गर्ने तयारी गरिएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न कानुनी व्यवस्था गर्न लागिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार तत्काल शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने कानून नभएका कारण अभिलेख मात्रै राख्ने गरिएको छ । व्यक्तिगत घटना दर्ता नहुँदा शरणार्थीले भोग्नु परेका समस्याहरूमा सरकारले चासो देखाएको हो ।

अनुसार शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्थासहितको कानुनको मस्यौदा तयार भएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस