चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको नगर कार्यपालिकाको बैठकले मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै भोलि चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् । 

मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी)का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।

मातातीर्थ औँसीको अवसरमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने परम्परा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस