ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

खेल दिउँसो ३ बजे ललितपुरको च्यासल मैदानमा हुने छ । आज जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन्। ९ खेलबाट १७ अङ्क जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट ५ अङ्क मात्रै जोडेको पुलिस पुछारमा छ।

दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुने अर्को खेलमा एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। १३ अङ्कसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अङ्क जोडेको एपीएफ नवौँ स्थानमा छ।

दशरथ रङ्गशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र सङ्कटा क्लब आमनेसामने हुनेछन्। ९ खेलमा दुई जित र २ बराबरी गरेर आठ अङ्क बटुलेको फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ। चार जीत र तीन बराबरी खेल्दै १५ अङ्क जोडेको सङ्कटा तालिकाको सातौँ स्थानमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस