प्रधानमन्त्री कार्यालयको मिडिया सेन्टर सञ्चालनमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री कार्यालयको मिडिया सेन्टर सञ्चालनमा


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न सेन्टर तयार गरिएको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले मिडिया सेन्टरबाट आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सेन्टरको सुरुआत गरेकी छन् ।  

मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ । साथै सञ्चारकर्मीलाई भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ । 

त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा पनि सञ्चारकर्मीको सुविधाका लागि मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस