थप उपचारका लागि काठमाडौँ ल्याइयो रवि लामिछानेका चालकलाई « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

थप उपचारका लागि काठमाडौँ ल्याइयो रवि लामिछानेका चालकलाई


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालकलाई काठमाडौँ ल्याइएको छ ।

चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

यसअघि उनको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । तर उपचारमा संलग्न चिकित्सक र आफन्तजनको सल्लाहमा उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको हो ।

रास्वपा सभापति लामिछानेले बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्सक र आफन्तको सल्लाहमा काठमाडौँ पठाइएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस