सरकारविरुद्ध सडक सङ्घर्षमा जाने लिङ्देनको चेतावनी  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सरकारविरुद्ध सडक सङ्घर्षमा जाने लिङ्देनको चेतावनी 


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिएका छन् । 

मङ्गलवार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सङ्घर्षमा जाने बताएका हुन् ।

उनले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन नगरेर सरकारले उनीहरूमाथि सोमबार निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे । 

उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस