नेपाललाई सातौँ सफलता, सोमपालले लिए लगातार दुई विकेट  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपाललाई सातौँ सफलता, सोमपालले लिए लगातार दुई विकेट 


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । तीव्र गतिका बलर सोमपाल कामीले लगातार दुई विकेट लिँदा नेपालले सातौँ सफलता पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि आफ्नो स्पेलको आठौँ ओभर बलिङमा आएको सोमपालले पहिलो बल डट फाल्दै लगातार विकेट लिए । चौथो बलमा चौका दिँदा सोमपाल ह्याट्रिक विकेट लिन चुकेका थिए ।

मलेसियाले ४९.२ ओभरमा सात विकेट गुमाएर २२८ रन बनाएको छ । क्रिजमा स्याजु डुरस र मोहमद स्याहादत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस