आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । आजदेखि काठमाडौँमा ऊर्जा सम्मेलन हुदैँछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन आजदेखि सुरु हुन लागेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बङ्गलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा ऊर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै तीन सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

सम्मेलनमा विद्युत् उत्पादकहरू, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरू सो सम्मेलनमा सहभागी हुने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस