प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्छु : परराष्ट्र मन्त्री साउद « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्छु : परराष्ट्र मन्त्री साउद


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताएका छन् । 

आइतबार सिंहदरवारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरे लगत्तै उनले भ्रमणको तयारीको कामलाई अघि बढाउने बताएका हुन्।  उनले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ठ बनाउँदै लैजानेसमेत दाबी गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस