यस्तो रहने छ आजको मौसम « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यस्तो रहने छ आजको मौसम


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जनाइएको छ । कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस