नवीकरण नगर्ने क्याम्पसलाई स्पष्टीकरण पेस गर्न त्रिविको निर्देशन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नवीकरण नगर्ने क्याम्पसलाई स्पष्टीकरण पेस गर्न त्रिविको निर्देशन


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका सम्बन्धन प्राप्त क्याम्पसलाई वैशाख मसान्तभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

उपकुलपति कार्यालयको योजना निर्देशनालयले सूचना जारी गर्दै विभिन्न सङ्काय तथा संस्थानहरूको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरू सञ्चालन गरेका क्याम्पसर कलेजहरू मध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले किन खारेज नगर्ने भनी सोधेको हो ।

सूचनामा भनिएको छ, ‘उक्त कलेजहरूलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने सम्बन्धमा कुनै मनासिब कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरूमा निवेदन दिन सूचित गरिन्छ ।’ विभिन्न सङ्काय तथा संस्थान र कार्यक्रमको सम्बन्धन लिएका क्याम्पसरकलेजहरुले कुनै वा सबै कार्यक्रम खारेज गर्न चाहेमा त्रिवि योजना निर्देशनालयमा निवेदन दिन पनि भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस