भूगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

भूगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। भूगोल इनर्जीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। यसले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको छ।

यो मध्ये १०५ अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५५ अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार आइतबारसम्म ९ लाख ४८ हजार २०५ जनाले १ करोड ७ लाख ३२ हजार ३५० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७।९६ गुणा बढी आवेदन हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको सङ्केत गर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस