सेयर ब्रोकर लाइसेन्स वितरण सम्बन्धी सबै मुद्दा खारेज, नयाँका लागि खुल्यो बाटो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सेयर ब्रोकर लाइसेन्स वितरण सम्बन्धी सबै मुद्दा खारेज, नयाँका लागि खुल्यो बाटो


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ। सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गरेको छ । अधिवक्ता दिपकबिक्रम मिश्रले दायर गरेको रिटमाथि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आइतबार रिट खारेज गरेको हो। यससँगै धितो पत्र बजारको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणका लागि नेपाल धितो पत्र बोर्डलाई बाटो खुलेको छ ।

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण गर्ने नेपाल धितो पत्र बोर्डको निर्णय रोक्न माग गर्दै मिश्रले रिट दायर गरेका थिए। सरकारले गरेको संशोधन नियमावली खारेज गर्न माग गर्दै मिश्रले २०७९ असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। बोर्डले एक स्टक एक्सचेन्ज, दुई कमोडिटी एक्सचेन्ज र सङ्ख्या नखुलाई ब्रोकर लाइसेन्स वितरणका लागि भदौमा धितो पत्र बजार सञ्चालन नियमावली, २०६४ को दोस्रो संशोधन र धितो पत्र व्यवसायी (धितो पत्र दलाल तथा धितो पत्र व्यापारी) नियमावली, २०६४ चौथो संशोधन गरेको थियो।

नयाँ लाइसेन्सका लागि बोर्डले गत असोज २ गते आवेदन खुला गरेको थियो। २०७९ कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लिखित जवाफ मगाउँदै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस