कुरा गर्ने होइन, परिणाम दिने सरकार चाहिएको छ : गगन थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कुरा गर्ने होइन, परिणाम दिने सरकार चाहिएको छ : गगन थापा


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै थापाले प्रधानमन्त्रीको काम हेर्दा आत्मविश्वास नभएको र बढी अलमलमा परेको देखिने बताएका हुन् ।

बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम आएको भन्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रमपछि यात्रा सुरु भयो, मेरो लक्ष्य प्रस्ट भयो । जस भए पनि मेरो, अपजस मेरो हो भन्ने आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ ।

उनले भने, ‘प्रधानमन्त्रीले सबभन्दा पहिला चुस्त टिम बनाउनुस् । गठबन्धनका नेताहरूलाई महिनामा १/२ दिन भेटे हुन्छ, आफ्नो दल चलाउने कुरा त केही समय बिर्सिए पनि हुन्छ । प्रधानमन्त्रीले प्रधानमन्त्री जस्तो भएर दिनरात काममा लगाउनुपर्छ । मेरो ठाउँबाट हेर्दा प्रधानमन्त्रीलाई अब ६ महिना समय छ । चैत मसान्ततिर न्यूनतम साझा कार्यक्रम आएको छ, असोजसम्मको समय दिनुस् । असोजमा यही संसदमा आउनुस् र न्यूनतम साझा कार्यक्रमको केके काम भयो भनेर बताउनुस् । न्यूनतम साझा कार्यक्रम आयो, अब सरकारले एक दिन एक काम भन्ने नाराका साथ प्रत्येक दिन एउटा परिणाम ल्याउने कोसिस गरोस् । मत हाल्ने सांसद हुन्, हामीले जे गरे पनि यिनीहरूले थपडी बजाउँछन् भन्ने नठानियोस् । कुरा गर्ने होइन, परिणाम दिने सरकार चाहिएको छ । हामी प्रत्येक दिन सरकारलाई मद्दत गरिरहेका हुन्छौँ, हेरिरहेका हुन्छौँ, प्रश्न पनि गरिरहेका हुन्छौँ ।’

प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर प्रश्न गरे ।

तर अर्को ५ वर्ष समय खेर फाल्ने सुविधा नभएको भन्दै आफूहरूलाई ‘टेकन फर ग्रान्टेड’का रूपमा नलिन सचेत समेत गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस