शिक्षकहरूको एकमुष्ट विवरण पठाउन राष्ट्रिय किताब खानाको अनुरोध « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शिक्षकहरूको एकमुष्ट विवरण पठाउन राष्ट्रिय किताब खानाको अनुरोध


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय किताब खाना (शिक्षक) ले शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी भएका शिक्षकहरूको वैयक्तिक तथा नोकरी विवरण एक मुष्ट पठाउन अनुरोध गरेको छ ।

किताब खानाले कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको भन्दै एक मुष्ट पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको हो ।

किताब खानाले जिल्ला जिल्लाबाट सम्बन्धित शिक्षकहरू आइरहे पनि निवृत्तभरण, उपदान, अस्थायी गोल्डेन ह्यान्डसेक लगायत अन्य कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको जनाएको छ ।

शिक्षा नियमावली अनुसार स्थायी नियुक्ति लिएको मितिले ९० दिनभित्र किताब खानामा शिक्षक वैयक्तिक तथा नोकरी विवरण पेस भई सक्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस