सुन तोलाको १ लाख ११ हजार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तोलाको १ लाख ११ हजार


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ रहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरी, आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस