घट्यो हवाई भाडा, कहाँको कति ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घट्यो हवाई भाडा, कहाँको कति ?


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ ।

नेपाल वायुसेवा निगमका अनुसार काठमाडौँबाट नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । भैरहवा उडानको भाडा २०५ रुपैयाँ, धनगढी ४४० रुपैयाँ भाडा घटेको छ ।

काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँ, भद्रपुरका लागि ३०० रुपैयाँ, विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ । यो भाडादर २२ चैतदेखि लागु हुने छ ।

हेर्नुहोस् हवाई भाडा सूची :

Tags :
प्रतिक्रिया दिनुहोस