उपनिर्वाचन मेरो लागि भएको हो : काँग्रेस उम्मेदवार श्रेष्ठ « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

उपनिर्वाचन मेरो लागि भएको हो : काँग्रेस उम्मेदवार श्रेष्ठ


२० चैत्र २०७९, सोमबार


चितवन । नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन आफ्ना लागि भएको बताएका छन् ।

चितवन २ बाट निर्वाचित सांसद (रास्वपाका सभापति रवि लामिछाने)को सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको उनले सुनाए ।

उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’ त्यसअनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको श्रेष्ठले सुनाए ।

आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ सङ्केत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । उनले अघि भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन । स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटेल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस