महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् ।

परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको भए पनि गाडी नष्ट भएका हुन् ।

आगलागीका कारण नखुलेको तर प्रारम्भिक अनुसन्धानमा ब्याट्री चार्जमा राखिएको देखिएकाले त्यसैबाट आगलागी भएको अनुमान गरिएको उनले बताए ।

उनले घटनाको अनुसन्धान जारी रहेको र क्षतिको यकिन विवरण पनि आउन बाँकी रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस