एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्यो : केपी ओली « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्यो : केपी ओली


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउन एउटा नीति, एउटा विचार, एउटा सङ्गठनले नेतृत्व गर्नुपर्ने बताए । एमालेको पक्षमा छैनौँ भन्नेहरूलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाएको उनको भनाइ छ ।

दस जनाले दसतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाइ थियो । उनले एमालेले देश बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको बताएका थिए ।

उनले भने, ‘आज राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य, देशको निम्ति काम गर्ने एमालेको उद्देश्य, त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा अहिलेको हेर्नुस् त ! मन्त्री ओहो ! केका मन्त्री हुन्, कस्ता मन्त्री हुन् ? कस्तो गठबन्धन हो ? यस्ता कुराहरूबाट हामी देश बनाउन सक्दैनौँ । एउटा नीतिमा देश चल्नुपर्छ, एउटा विचारमा देश चल्नुपर्छ । एउटा सङ्गठनले नेतृत्व गर्नुपर्छ । दसतिर फर्केका छन् । उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ । त्यस्ताले कहाँ पुर्‍याउँछन् देश ? देशको रथ कता जाने ? जान्नु तान्नु केही पनि पर्दैन । एमालेको पक्षमा म छैनँ । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न योग्यता पुग्छ । यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौँ भने त्यो गम्भीरता हामीमा हुनुपर्‍यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस