रविको राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रविको राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ।

रिट दर्ता गर्नेरनगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालत प्रशासनले जनाएको छ।

आइतबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका हुन्। पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो। यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस