अवैध रूपमा सुर्खेत ल्याउँदै गरेको २० बोरा चिनी बरामद « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अवैध रूपमा सुर्खेत ल्याउँदै गरेको २० बोरा चिनी बरामद


१३ चैत्र २०७९, सोमबार


सुर्खेत । नेपालगन्जबाट सुर्खेत अवैध रूपमा ल्याउँदै गरेको १० क्विन्टल (२० बोरा) चिनी प्रहरीले बरामद गरेको छ ।

नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको ना.३ ख. ९२७ नं. को ट्रक चेक जाँच गर्दा सो ट्रकभित्र लुकाएर ल्याएको चिनीको कुनै पनि बिल नभएको भेटिएपछि प्रहरीले छिन्चुबजारबाट उक्त चिनी बरामद गरेको हो ।

सोही गाडिबाट अन्य पान सम्बन्धी विभिन्न आइटम सामाग्रीहरू पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

चिनी बरामद गरिएको उक्त गाडी हाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस