राष्ट्रिय मर्यादासम्बन्धी विधेयक स्वीकृत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक स्वीकृत


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभासमक्ष पेस गरेका थिए। विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राखेका थिए।

विधेयकमा छलफल सकिएपछि राष्ट्रियसभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

Tags :
प्रतिक्रिया दिनुहोस