साफ यु-१७ महिला च्याम्पियनसिप : आज नेपाल र रुस भिड्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साफ यु-१७ महिला च्याम्पियनसिप : आज नेपाल र रुस भिड्दै


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज युरोपियन टोली रुसको सामना गर्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले युरोपियन टोली रसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र रसियाबीचको खेल नेपाली समय अनुसार राति ७ बजे सुरु हुनेछ ।

नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमै भारतसँग ४-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५-० ले हराएको थियो ।

पहिलो पटक दक्षिण एसियामा खेलिरहेको रुसले भने पहिलो खेलमै बङ्गलादेशलाई ८-१ ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा भुटानलाई ९-१ ले हराएको थियो । त्यसले पनि नेपालका लागि रुस ठूलो प्रतिद्वन्द्वी रहेको छ ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।

नेपालले चौंथो खेलमा मङ्गलवार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस