मेलम्चीको पानी सूर्य विनायक नगरपालिमा वितरण गर्न नौ बुँदे सम्झौता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेलम्चीको पानी सूर्य विनायक नगरपालिमा वितरण गर्न नौ बुँदे सम्झौता


११ चैत्र २०७९, शनिबार


भक्तपुर । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्य विनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ ।

सूर्य विनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस