सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ। मर्जर भएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार आज (बिहीबार)बाट सुरु गर्ने भएका छन् ।

दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो । कम्पनीको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहेको छ ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी स्वीकृति प्रदान गरेको थियो ।

यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरू नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो ।

मर्जर अघिसम्म रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस