मावि शिक्षकको परीक्षाको तयारी अन्तिम चरणमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मावि शिक्षकको परीक्षाको तयारी अन्तिम चरणमा


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

आयोगले बुधबार नै परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । बजेट अभावको कारण समस्या भएको भन्दै आयोगले अर्थ मन्त्रालयसँग ४ करोड २० लाख बजेट माग गरेको थियो ।

गत पुष २५ गते ६८६ पदमा खुलाएको खुला प्रतियोगितात्मक विज्ञापनको परीक्षा चैत १८ गते हुने आयोगले जनाएको छ ।

आयोगले प्रावि तहमा नेपालभरको लागि ६ हजार १३ रिक्त पदको लागि विज्ञापन खुल्ला गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस