घोडे जात्रा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घोडे जात्रा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । भोलि मङ्गलवार घोडे जात्रा अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक-वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

‘घोडे जात्रा दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैङ्कले भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस