नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको आज (सोमबार) पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस