रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित


६ चैत्र २०७९, सोमबार


गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे विजयी भएका छन् ।

एमाले निकट अखिल र माओवादी केन्द्रको अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घिमिरे विजयी भएका हुन् ।

सोमबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार घिमिरेले ३९५ मत गरी निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले बताए ।

सभापतिका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै, सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भएकी छन् ।

खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।

क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए । रेसुङ्गा क्याम्पसमा ८८ प्रतिशत मतदान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस