कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।

शनिबार सम्पन्न १९औँ साधारण सभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् ।

सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन् ।

‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष निरौलाले भने, ‘मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।’

उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ले १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी भए ।

यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनील कटुवालले २६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक ३०२ मत ल्याएर विजयी भइन् ।

अरू सदस्यमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्धवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुम्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) मत प्राप्त गरेर विजयी भए ।

झन्डै ७०० सदस्य रहेको सङ्घको निर्वाचनमा ४६८ मत मात्र खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस