नवनिर्वाचित उपराष्ट्रपति यादवले भने-राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नवनिर्वाचित उपराष्ट्रपति यादवले भने-राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु 


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई समृद्धितर्फ लैजाने काममा आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास उनको भनाइ छ ।  

‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्नमा मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ । मुलुक समृद्ध रूपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ,‘उनले भने, ‘हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो । उहाँहरूसहित देशका सबै जनतालाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्छु ।’

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सासहरूलाई धन्यवादसमेत दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस