काँग्रेससँग जुनसुकै समयमा पनि प्रतिपक्षमा भेट हुन सक्छ : ओली  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेससँग जुनसुकै समयमा पनि प्रतिपक्षमा भेट हुन सक्छ : ओली 


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग जुनसुकै समयमा प्रतिपक्षमा भेट हुनसक्ने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि ओलीले प्रतिपक्षमा भेट्न ८४ साल पर्खन नपर्ने बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा ओलीले काँग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम नखाएको बताएका थिए । त्यसको जवाफमा महामन्त्री थापाले ८४ सालसम्म एमालेसँग सत्ता सहकार्य नहुने बताएका थिए ।

गठबन्धनभित्र केही गडबडी देखिएकाले यस्ता अभिव्यक्ति दिनुपरेको ओलीको दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस