ढुक्क हुनुस् गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बन्छ : रेणु दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ढुक्क हुनुस् गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बन्छ : रेणु दाहाल


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै केही दिनमा खुसीको खबर सुन्न पाउनुहुनेछ भन्ने आश्वासन दिएकी छन् । आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र युएईको खेल हेर्न पुगेकी दाहाललाई खेलाडीहरूले स्टेडियम कहिले बन्छ भनेर प्रश्न गरेका थिए ।

दाहालले पछि फेसबुकमा लेखेकी छन्, ‘ढुक्क हुनुस् भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ केही दिनमा खुसीको खबर सुन्न पाउनुहुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस