भारतीय सेनाको हेलिकप्टर अरूणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय सेनाको हेलिकप्टर अरूणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ।

अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ। 

हेलिकप्टर केही घण्टा अगाडि नै हराएको थियो। 

हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो। भारतीय सेनाका अनुसार हेलिकप्टर पश्चिमी बमदिला मण्डला क्षेत्रमा दुर्घटना भएको हो। 

उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए। उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस