आयोगलाई स्पष्टीकरण बुझाउँदै काँग्रेस « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आयोगलाई स्पष्टीकरण बुझाउँदै काँग्रेस


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज निर्वाचन आयोगलाई स्पष्टीकरणपत्र बुझाउने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार स्पष्टीकरण पत्रसँगै कार्यसम्पादन समिति बैठकको निर्णय पनि बुझाइनेछ । निर्वाचन आयोगले स्पष्टीकरण सोधेको जस्तो निर्णय काँग्रेसले नगरेको उनको भनाइ छ ।

“हामी आजै स्पष्टीकरण पठाउँदै छौँ । स्पष्टीकरणसँगै निर्णयको कपी पनि बुझाउनेछौँ,” पौडेलले बाह्रखरीसँग भने, “निर्वाचन आयोगले जे विषयमा स्पष्टीकरण सोधेको छ, त्यस विषयमा हाम्रो पार्टीको निर्णय नै भएको छैन ।”

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा हिजो काँग्रेसले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवका पक्षमा मतदान गर्ने निर्णय गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो । काँग्रेसले बुधबार कार्यसम्पादन समितिको बैठकबाट यादवका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको थियो ।

नयाँ उपराष्ट्रपति चयनका लागि भोलि मतदान हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस