कहिले जान्छ काँग्रेस सरकारमा ? « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कहिले जान्छ काँग्रेस सरकारमा ?


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू सहभागी थिए।

बैठक लामो समय चलेन। उक्त बैठकमा चार वटा विषय छलफल भएको थियो । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा धन्यवाद दिने, चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनबारे, चितवन २ लगायतमा हुने उपनिर्वाचन र पार्टी सरकारमा सहभागिता कहिले हुने भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै काँग्रेस सरकारमा सहभागी हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस