२०२६ को विश्वकपमा ४८ देश सहभागी हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

२०२६ को विश्वकपमा ४८ देश सहभागी हुने


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउने भएका छन्। यस अघि ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका थिए।

फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ ।

नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली हुने छन् ।

समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ। २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछ।

१६ शहरमा विश्वकप आयोजना हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस