उपराष्ट्रपति उम्मेदवार यादवलाई मत नदिने रास्वपाको निर्णय   « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

उपराष्ट्रपति उम्मेदवार यादवलाई मत नदिने रास्वपाको निर्णय  


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहाय प्रसाद यादवलाई मत नदिने भएको छ ।

राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो ।

रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस