उपराष्ट्रपति निर्वाचनको परिणामपछि मात्रै तनहुँ–१ मा उपनिर्वाचन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

उपराष्ट्रपति निर्वाचनको परिणामपछि मात्रै तनहुँ–१ मा उपनिर्वाचन


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । तनहुँमा उपराष्ट्रपतिको निर्वाचनको परिणामपछि उपनिर्वाचनको हुने भएको छ ।

नेपाली काँग्रेसका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नियुक्त भएसँगै रिक्त तनहुँ–१ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति उपराष्ट्रपतिको निर्वाचनपछि मात्र तय हुने भएको हो ।

उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्ने आयोगले तयारी गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा तीन उम्मेदवार रहेकोमा एक जना मात्र प्रतिनिधिसभा सदस्य छन्। दुई उम्मेदवार समानुपातिकतर्फबाट छन्।

उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये जसपाकी प्रमीलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस