सचिव र सहसचिवलाइ व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सचिव र सहसचिवलाइ व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन 


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ। राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिव सरहका कर्मचारीरुकालागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । 

कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो । कतिपय कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । 

निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरेको बुझिएको छ ।  

सचिव र सहसचिवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासु सरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको छ । विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेल मार्फत वा स्वयं कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ । हाल निजामती सेवामा सचिव सरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।  

सङ्घीय निजामती सेवा एन जारी हुन लागेको र सरकारले विज्ञताका अधा रमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस