कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा


२९ फाल्गुन २०७९, सोमबार


डोटी । रानाथारू समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले मिति संशोधन गरी फागुन ३० गते बिदा दिने निर्णय गरेको जनाएको छ ।

कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारू समुदायले खखडेहरा पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस