म मन्त्री बन्दिनँ : गगन थापा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

म मन्त्री बन्दिनँ : गगन थापा


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन्। उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताएका हुन्। 

महामन्त्री थापाले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताए। 

‘मैले ५ वर्षको लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। मैले यो सबै कामहरू मैले नेपाली काँग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो। त्यो कामहरू गर्छु। मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरू उठाउँछु,’ उनले भने, ‘म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले। मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो। म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिन। परिणाम के निस्कियो भन्ने हो। यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस