कमल थापा नेतृत्वको पार्टीका प्रवक्ता राप्रपामा प्रवेश « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कमल थापा नेतृत्वको पार्टीका प्रवक्ता राप्रपामा प्रवेश


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा आचार्यलाई पार्टी प्रवेश गराएका हुन् । 

आचार्य राप्रपा नेपालमा प्रवक्तासहित कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस