प्रधानमन्त्री डराएपनि नागरिकलाई डराउन दिन भएन : गगन थापा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री डराएपनि नागरिकलाई डराउन दिन भएन : गगन थापा


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई डराउन दिन नहुने बताएका छन् । तर आर्थिक अवस्था ठीक छैन भनेर प्रधानमन्त्री आफैँ भने डराउनु पर्ने उनले बताए ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले स्रोतसँगै नागरिकको धैर्यतामा रहेको अभावलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए । उनले भने, ‘दर्जनौँ मन्त्रालय अहिले खाली राखिदिएको छ । मन्त्रालय खाली राख्नु भनेको टाइम टिकटिक गरिरहेको हामीले बुझ्न सकेको छैनौँ ।’

सत्तारुढ गठबन्धनले सरकार ५ वर्ष टिक्छ र यो अवधिमा डेलिभरी गर्न सकेन भने जनताबाट दण्ड भोग्न तयार छौँ भनेर जनतासामू प्रतिबद्धता जनाउनुपर्ने समेत उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस